काठमाडौं । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा बसमा सवार यात्रुमध्ये ३३ जना घाइते भएका हुन्। प्रहरीले सबै घाइतेको पहिचान खुलाएको छ।
आइतबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको थियो। धनगढीबाट काठमाडौंका लागि छुटेको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै २५ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। तर, उद्धार तथा उपचारका क्रममा घाइतेको संख्या बढेर ३३ पुगेको हो। बसमा चालकसहित ४१ जना सवार रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने अन्य ३२ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ।
दुर्घटनामा कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी, अछाम र धनुषाका यात्रु घाइते भएका छन्।
घाइते हुनेमा कैलालीका शिवदत्त राना, डम्बरबहादुर माली, खेमा मल्ल, शोभा मल्ल, चाँदनी खत्री र जानु चौधरी छन्। त्यस्तै, दार्चुलाका केशव धामी, प्रतिक्षा धामी, दयाकृष्ण जोशी, नविना भट्ट, रोहित लोथेल, रमेश जोशी र श्रुती जोशी घाइते भएका छन्।
बैतडीका धाना चन्द, प्रेमबहादुर चन्द, राजेन्द्र जोशी, भागरथी जोशी, रेणुका जोशी र महेश बिसी पनि घाइते भएका छन्। डडेल्धुराका महेश पाण्डे, डम्बर सिंह साउद, गीता कठायत, रक्षा कठायत, पुष्पा भाट र पवित्रा रावल दुर्घटनामा परेका छन्।
यसैगरी कञ्चनपुरका जेनी राना र प्रिया साउद, डोटीका बसन्त बलायर, अंकित यादव, ज्योति बुडाल र धिरज बुडाल, अछामका अमित साउद तथा धनुषाका भानु यादव घाइते भएका छन्।
दुर्घटनापछि प्रहरीले बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्