धुलिखेल अस्पतालमा नेपालकै पहिलो बहुआयामिक पेल्भिक फ्लोर सेन्टरको स्थापना

insight dainik

धुलिखेल अस्पतालमा नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टरको विधिवत उद्घाटन गरिएकाे छ। यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको व्यापक निदान, उपचार र पुनस्थार्पनाका लागि नेपालको पहिलो समर्पित बहुआयामिक केन्द्रको रुपमा काम गर्ने छ ।

धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु श्रेष्ठ, नेपाल सोसाइटी अफ अब्स्टेट्रिशियन्स एण्ड गाइनोकोलोजिस्टका अध्यक्ष प्रा. डा. पदम राज पन्त, विभिन्न अस्पतालका संकाय सदस्यहरू र विशिष्ट आमन्त्रित अतिथिहरूको उपस्थितिमा अस्ट्रेलियाली स्त्री रोग विशेषज्ञ प्रो. डा. रेमन्ड पिटर होडसनले केन्द्रको आधिकारिक उद्घाटन गर्नुभयो ।

पेल्भिक फ्लोर विकारहरूले महिला र पुरुष दुवैमा पेल्भिक अंग प्रोल्याप्स, पिसाब र दिसाको असंयम, दीर्घकालीन पेल्भिक दुखाइ र यौन दुर्बलता सहित विभिन्न अवस्थाहरू समेट्छन् । अत्यधिक प्रचलित भए पनि, यी अवस्थाहरू प्रायः कम निदान र उपचार गर्नबाट बञ्चित रहन्छन्, जसले बिरामीहरूको जीवनको गुणस्तरलाई उल्लेखनीय रूपमा नकारात्मक असर गर्छ ।

धुलिखेल अस्पतालको युरोगाइनेकोलोजी विभागको नेतृत्व गर्दै आएकी प्रा. डा. अञ्जना डंगोलका अनुसार, सीमित जनचेतना, विशेष सेवाको अभाव र अन्धविश्वासका कारणले नेपालका धेरै व्यक्तिहरूलाई समयमै चिकित्सा सेवाबाट बञ्चित भैररहेको छ । वहाँले जोड दिंदै भन्नु भयो कि "पेल्भिक फ्लोर विकारहरू प्रायः पृथक अवस्थाको रूपमा व्यवस्थापन गरिन्छ, तर अधिकतम उपलब्धि तथा परिणामहरूको लागि बहुआयामिक दृष्टिकोण आवश्यक पर्दछ" ।

नयाँ स्थापित पेल्भिक फ्लोर सेन्टरले युरोगाइनोकोलोजिस्ट, कोलोरेक्टल सर्जन, युरोलोजिस्ट, फिजियोथेरापिस्ट, विशेषज्ञ नर्सहरू र अन्य सम्बद्ध स्वास्थ्यकर्मीहरूको टोलीलाई एउटै छानामुनि ल्याउँछ जसले प्रमाणमा–आधारित, बिरामी–केन्द्रित सेवा प्रदान गर्दछ ।

पेल्भिक फ्लोर सेन्टरको स्थापनाले धुलिखेल अस्पतालको विशेष स्वास्थ्य सेवाहरू विस्तार गर्ने र महिला तथा पेल्भिक स्वास्थ्यमा पूरा नभएका आवश्यकताहरूलाई पुरा गर्ने र यस अस्पतालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको निरन्तर सेवाकाे प्रतिबद्धतालाई समेत जाहेर गरेकाे छ ।

अस्पतालले देशभरका स्वास्थ्यकर्मीहरूबाट सिफारिस गरिएको विरामी तथा स्वास्थ्य सल्लाहको लागि स्वागत गर्दै पेल्भिक फ्लोर विकारका लक्षणहरू देखा परेको अवस्थामा उक्त व्यक्तिहरूलाई समयमै मूल्याङ्कन र उपयुक्त उपचारका लागि अस्पताल तत्पर रहेकाे समेत जनाएकाे छ ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्