अमेरिकाविरुद्ध नेपालले गर्दै फिल्डिङ

nepal news portal

नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज अमेरिका राष्ट्रिय क्रिकेट टोली विरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा केहीबेरमै सुरु हुँदैछ।

टस जितेका अमेरिकाका कप्तान सैतेजा मुक्कामल्ल ले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। त्यससँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

यस खेलमार्फत युवा खेलाडी ईशान पाण्डे ले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाएका छन्। यस्तै, कुशल भुर्तेल टोलीमा पुनरागमन गरेका छन्।

विश्वकप लिग–२ अन्तर्गत दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ। घरेलु मैदानमा नेपाल समर्थकको उत्साहपूर्ण साथसहित उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ।