सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ

nepal news portal

काठमाडौँ: आज बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्यमा पनि आज ३० रुपैयाँको वृद्धि भएको छ।

आज बजारमा चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा पनि मूल्यमा उतारचढाव आइरहेको छ।