पुरानो विरासतको नयाँ प्रस्तुति: ‘योबन या गाच्वो’ म्युजिक भिडियो सार्वजनिक

nepal news portal
नेपाल भाषाको नयाँ म्युजिक भिडियो ‘योबन या गाच्वो’ गत शनिबार सिटीसी मलमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। भिडियोमा कलाकार लुमिला जोशी र निर्वान महर्जनको अभिनय रहेको छ। यस गीतको मूल संस्करणमा स्वर्गीय द्वारिकालाल जोशी तथा नगिना जोशीको स्वर रहेको थियो। हाल सार्वजनिक संस्करणमा भने द्वारिकालाल जोशीका छोरा सरद जोशी र छोरि लसता जोशीले स्वर दिएका छन्। यसले पुरानो पुस्ताको सांगीतिक धरोहरलाई नयाँ पुस्तामार्फत पुनर्जीवित गर्ने प्रयास गरेको देखिन्छ। गीतका रचनाकार स्वयं द्वारिकालाल जोशी नै हुनुहुन्छ। म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक विश्वास बज्राचार्य ले गर्नुभएको हो भने कोरियोग्राफी भिन्तुना जोशीले सम्हालेकी छन्। भिडियोको छायांकन तथा सम्पादन सोहन मानन्धरले गर्नुभएको छ। कार्यक्रममा उपस्थित कलाकार तथा सर्जकहरूले नेपाल भाषाको मौलिक गीत–संगीतलाई नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यले भिडियो निर्माण गरिएको भने भाब ब्यक्त गरे । म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भइसकेको छ।