२०२५ मा European Southern Observatory (ESO) का खगोलविद्हरूले अत्यन्तै अनौठो अन्तरिक्षीय प्रणाली पत्ता लगाएका छन्। अनुसन्धान अनुसार, दुई ब्राउन ड्वार्फ (असफल तारा) वरिपरि घुम्ने सम्भावित ग्रह “2M1510 (AB) b” को संकेत भेटिएको हो। यो प्रणाली पृथ्वीबाट करिब १२० प्रकाश वर्ष टाढा अवस्थित छ।
यो खोजको सबैभन्दा विशेष पक्ष यसको कक्षा संरचना हो। सामान्यतया ग्रहहरू आफ्ना तारा वा प्रणालीसँग एउटै समतलमा घुम्छन्। तर यो सम्भावित ग्रह भने करिब ९० डिग्री ठाडो (पोलर कक्षा) मा घुमिरहेको देखिएको छ, जुन अत्यन्तै दुर्लभ र असामान्य मानिन्छ।
अनुसन्धान चिलीस्थित Very Large Telescope प्रयोग गरेर गरिएको थियो, जहाँ वैज्ञानिकहरूले “रेडियल भेगोसिटी” विधिबाट ब्राउन ड्वार्फहरूको गतिमा आएको स-सानो परिवर्तन विश्लेषण गरेका थिए।
यो अध्ययन Science Advances मा प्रकाशित भएको थियो र पछि NASA ले पनि यसको पुष्टि गरेको थियो।
वैज्ञानिकहरूका अनुसार, यो सम्भावित ग्रह अझै पुष्टि हुन बाँकी भए पनि, यदि प्रमाणित भयो भने, यसले ग्रह निर्माणसम्बन्धी परम्परागत सिद्धान्तहरूलाई चुनौती दिने महत्वपूर्ण खोजका रूपमा स्थान पाउनेछ।