काठमाडौं महानगरद्वारा छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

nepal news portal

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले सूचना जारी गर्दै २०८३ जेठ १ गते बिहान १० बजेदेखि आवेदन सुरु हुने जनाएको हो।

सूचनाअनुसार आवेदन फाराम भर्ने अन्तिम मिति २०८३ जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ। छात्रवृत्ति परीक्षा भने २०८३ जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिनेछ।

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुविकल्पीय प्रश्न समावेश हुने महानगरले जनाएको छ। इच्छुक विद्यार्थीले काठमाडौं महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।