काठमाडौं । काठमाडौंका नदी किनार र खाली जमिनमा रहेका सुकुम्वासी बस्तीहरूलाई समूल नष्ट गर्ने सरकारको अभियानले आज कपनमा उग्र रूप लिएको छ।
कपनको साततले क्षेत्रमा रहेका टहराहरू भत्काउन सरकारले एकैसाथ १३ वटा डोजर परिचालन गरेर आफ्नो कठोर नीति स्पष्ट पारेको छ।
यसअघि नै पेप्सीकोला, बल्खु, र बालाजु क्षेत्रमा सुकुम्वासीका छानो उडाउन सफल भएको प्रशासनले आज कपनमा ठुलो शक्तिको प्रदर्शन गरेको हो।
राजधानीको सौन्दर्यीकरणको नाममा गरिबको टाउको लुकाउने ओतमाथि डोजर चलाइरहँदा सुकुम्वासीहरूको चित्कारले भने राज्यलाई कत्ति पनि छोएको देखिएन।