काठमाडौं । काठमाडौं उपत्यकामा विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार असोज १५ गतेदेखि २६ गतेसम्म विभिन्न वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा प्राविधिक काम गरिनेछ। सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुने बताइएको छ।
कुन दिन कहाँ विद्युत् कटौती हुन्छ?
🔌 असोज १५ गते: सतुंगल–बौथली क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज १६ गते: मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज १७ गते: मुलपानी क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज १८ गते: गर्जुधारा क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज २० गते: मुलपानी क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज २१ गते: बलम्बु क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज २२ गते: कोटेश्वर–बालकुमारी क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज २४ गते: सिफल क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज २५ गते: सतुंगल–धौलागिरी आवास क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म🔌 असोज २६ गते: धोबीखोला क्षेत्र
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म
प्राधिकरणका अनुसार मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् कटौती नहुन पनि सक्छ।
भूमिगत विद्युत् वितरण प्रणालीअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका विद्युत् लाइन भूमिगत गर्नुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइँदैछ। यसबाट विद्युत् आपूर्तिको विश्वसनीयता तथा सुरक्षा बढ्ने र भविष्यमा वितरण प्रणालीलाई स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।
भूमिगत प्रणाली विस्तार भएपछि सडक तथा सहरी क्षेत्रमा देखिने विद्युत्, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारसमेत क्रमशः व्यवस्थित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्