काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाहको अनुपस्थितिमा सरकार सञ्चालनको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार साँझ ७ बजे अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ। उनको अमेरिका भ्रमण अवधिभर कार्यवाहक प्रधानमन्त्रीका रूपमा अर्थमन्त्री वाग्लेले सरकारका नियमित कार्यसम्पादन सम्हाल्नेछन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्