ओमानले दियो नेपाललाई ३०६ रनको लक्ष्य, जतिन्दर सिंहको शतक

nepal news portal

कीर्तिपुरको टियु मैदानमा भइरहेको आईसीसी विश्वकप लिग–२ को खेलमा ओमानले नेपाललाई ३०६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको ओमानले उत्कृष्ट सुरुवात गर्दै ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन बनायो। ओमानका कप्तान जतिन्दर सिंहले १३० रनको विस्फोटक इनिङ खेल्दै नेपाललाई रक्षात्मक स्थितिमा पुर्‍याए। ओमानका अन्य ब्याट्सम्यानहरू जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३० तथा विनायक शुक्ला र आशिष ओडेदाराले २३–२३ रनको योगदान दिए। नेपालको बलिङमा सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। त्यसैगरी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ओमानका दुई–दुई ब्याट्सम्यानलाई आउट गरे। अब नेपालले जितका लागि ३०६ रनको विशाल लक्ष्य पछ्याउनेछ।