काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६० भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
विभागका अनुसार प्रदेशगत रूपमा जोखिमको अवस्था यस्तो रहेको छ।
लुम्बिनी प्रदेश : उच्च जोखिम
पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा बहाव तीव्र रूपमा बढ्न सक्ने भएकाले आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ।
कोशी प्रदेश : मध्यम जोखिम
कोशी प्रदेशका धेरैजसो जिल्लाका साना नदी तथा खोलामा बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ।
मधेश प्रदेश : मध्यम जोखिम
मधेश प्रदेशका धेरैजसो जिल्लामा पनि साना नदी तथा खोलाको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ।
बागमती प्रदेश : मध्यम जोखिम
काठमाडौं, ललितपुर र भक्तपुरसहित बागमती प्रदेशका धेरैजसो जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने विभागले जनाएको छ। चितवनमा पनि जोखिम रहेको छ।
गण्डकी प्रदेश : मध्यम जोखिम
गण्डकी प्रदेशका धेरैजसो जिल्लामा साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। कास्की पनि जोखिम क्षेत्रमा परेको छ।
कर्णाली प्रदेश : मध्यम जोखिम
कर्णाली प्रदेशका धेरैजसो जिल्लाका साथै सुर्खेत, दैलेख र कालिकोट लगायतका क्षेत्रमा बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहने विभागले जनाएको छ।
विभागले नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिक, तटीय क्षेत्रमा रहेका बासिन्दा तथा यात्रामा निस्कने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, बाढी तथा पहिरोको जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी गर्न पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्