एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

insight dainik

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

तेस्रो संस्करणमा सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर २६ मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

लिग चरणका खेलहरू अक्टोबर २६ देखि नोभेम्बर १५ सम्म सञ्चालन हुनेछन्। यस अवधिमा सहभागी टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणपछि नोभेम्बर १७ मा पहिलो क्वालिफायर हुनेछ। लिग तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच हुने उक्त खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। नोभेम्बर १८ मा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर खेल हुनेछ।

एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरमा पराजित टोलीबीच नोभेम्बर १९ मा दोस्रो क्वालिफायर हुनेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ।

एनपीएलको तेस्रो संस्करणको ग्रान्ड फाइनल नोभेम्बर २१ मा टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुनेछ। क्यानका अनुसार प्रतियोगिताका सबै खेल यही मैदानमा आयोजना हुनेछन्।

एनपीएल तेस्रो संस्करण : लिग चरणको खेल तालिका

मिति

दिन

खेल

अक्टोबर २६

सोमबार

लुम्बिनी लायन्स 🆚 सुदूरपश्चिम रोयल्स

अक्टोबर २७

मंगलबार

विराटनगर किङ्स 🆚 चितवन राइनोज
कर्णाली याक्स 🆚 जनकपुर बोल्ट्स

अक्टोबर २८

बुधबार

पोखरा एभेन्जर्स 🆚 सुदूरपश्चिम रोयल्स

अक्टोबर २९

बिहीबार

जनकपुर बोल्ट्स 🆚 काठमाडौं गोर्खाज
कर्णाली याक्स 🆚 विराटनगर किङ्स

अक्टोबर ३१

शनिबार

लुम्बिनी लायन्स 🆚 चितवन राइनोज
सुदूरपश्चिम रोयल्स 🆚 विराटनगर किङ्स

नोभेम्बर १

आइतबार

जनकपुर बोल्ट्स 🆚 पोखरा एभेन्जर्स

नोभेम्बर २

सोमबार

काठमाडौं गोर्खाज 🆚 कर्णाली याक्स
सुदूरपश्चिम रोयल्स 🆚 चितवन राइनोज

नोभेम्बर ३

मंगलबार

विराटनगर किङ्स 🆚 जनकपुर बोल्ट्स
लुम्बिनी लायन्स 🆚 पोखरा एभेन्जर्स

नोभेम्बर ५

बिहीबार

लुम्बिनी लायन्स 🆚 जनकपुर बोल्ट्स
काठमाडौं गोर्खाज 🆚 विराटनगर किङ्स

नोभेम्बर ६

शुक्रबार

सुदूरपश्चिम रोयल्स 🆚 कर्णाली याक्स
चितवन राइनोज 🆚 पोखरा एभेन्जर्स

नोभेम्बर ७

शनिबार

काठमाडौं गोर्खाज 🆚 लुम्बिनी लायन्स

नोभेम्बर ९

सोमबार

पोखरा एभेन्जर्स 🆚 कर्णाली याक्स
चितवन राइनोज 🆚 काठमाडौं गोर्खाज

नोभेम्बर १०

मंगलबार

सुदूरपश्चिम रोयल्स 🆚 जनकपुर बोल्ट्स

नोभेम्बर १२

बिहीबार

विराटनगर किङ्स 🆚 पोखरा एभेन्जर्स
कर्णाली याक्स 🆚 लुम्बिनी लायन्स

नोभेम्बर १३

शुक्रबार

काठमाडौं गोर्खाज 🆚 सुदूरपश्चिम रोयल्स
जनकपुर बोल्ट्स 🆚 चितवन राइनोज

नोभेम्बर १४

शनिबार

विराटनगर किङ्स 🆚 लुम्बिनी लायन्स

नोभेम्बर १५

आइतबार

चितवन राइनोज 🆚 कर्णाली याक्स
पोखरा एभेन्जर्स 🆚 काठमाडौं गोर्खाज

प्लेअफ तथा फाइनल

मिति

खेल

नोभेम्बर १७

पहिलो क्वालिफायर — पहिलो र दोस्रो स्थान

नोभेम्बर १८

एलिमिनेटर — तेस्रो र चौथो स्थान

नोभेम्बर १९

दोस्रो क्वालिफायर — पहिलो क्वालिफायर पराजित टोली 🆚 एलिमिनेटर विजेता

नोभेम्बर २१

🏆 ग्रान्ड फाइनल

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्