अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

nepal news portal

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी विशेष दूत सर्जियो गोरबीच औपचारिक भेटवार्ता भएको छ। बुधबार अर्थ मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय आर्थिक सम्बन्ध, विकास सहायता र आगामी रणनीतिक साझेदारीका विषयमा घनिभूत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था र सरकारले लिएका सुधारात्मक नीतिहरूबारे जानकारी गराउनुभएको थियो। अमेरिकी विशेष दूत गोरले नेपालको दिगो आर्थिक विकासमा अमेरिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी लगानीलाई थप प्रोत्साहन गर्ने वातावरणका बारेमा चासो व्यक्त गर्नुभयो। छलफलमा अमेरिकी सहयोगमा सञ्चालित आयोजनाहरूको प्रभावकारिता र भविष्यमा हुने नयाँ लगानीका क्षेत्रहरूबारे समेत समीक्षा गरिएको थियो।

दुई देशबीचको दशकौँ लामो कुटनीतिक सम्बन्धलाई आर्थिक कुटनीति मार्फत थप उचाइमा पुर्‍याउने निष्कर्षका साथ भेटवार्ता टुङ्गिएको छ। यस भ्रमणलाई नेपालमा अमेरिकी सरकारको फेरिएको प्रशासनले दिएको प्राथमिकता र बढ्दो चासोका रूपमा हेरिएको छ।