नेप्सेमा ३३ अङ्कको गिरावट: सबै उपसूचक राताम्मे, ९ अर्ब ३१ करोडको कारोबार

nepal news portal

काठमाडौँ: धितोपत्र बजारमा आज मन्दी देखिएको छ। नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात् ३३.८३ अङ्कले घटेर २८३३.०३ को बिन्दुमा झरेको छ। आज दिनभरिमा ९ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आजको कारोबारमा बजारका १३ वटै उपसूचकमा रातो पोतिएको छ। वित्त र अन्य समूहको सूचकमा करिब २ प्रतिशतको गिरावट आउँदा म्युचुअल फण्डमा भने सामान्य गिरावट मात्र देखिएको छ।

आजको बजारमा दुई कम्पनी—रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोको मूल्यमा १० प्रतिशतको बढोत्तरी भएर सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य सर्वाधिक ९.४७ प्रतिशतले घटेको छ। बजारमा आज ३४२ कम्पनीको सहभागिता रहेको थियो।