आज मातातीर्थ औंसी: मातातीर्थ कुण्डमा श्रद्धालुको घुइँचो

nepal news portal

काठमाडौँ — वैशाख कृष्णपक्ष औंसी अर्थात् मातातीर्थ औंसीका अवसरमा आज देशभर आमाको मुख हेर्ने पर्व श्रद्धापूर्वक मनाइँदैछ। बिहानैदेखि छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने मिष्ठान्न भोजन र उपहार अर्पण गरी आशीर्वाद लिइरहेका छन्।

धार्मिक मान्यताअनुसार जीवित आमालाई सम्मान गर्ने र दिवङ्गत आमाको स्मरणमा तर्पण दिने आजको दिन नेपाली संस्कृतिमा विशेष मानिन्छ। यसै अवसरमा काठमाडौँको मातातीर्थ कुण्डमा बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो घुइँचो लागेको छ। आमा नहुनेहरूले यस कुण्डमा स्नान गरी दिवङ्गत आमाको नाममा पिण्डदान र तर्पण गरिरहेका छन्। मातातीर्थ कुण्डमा आज स्नान गर्दा मातृ ऋणबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ।