बालेन साह देशको नयाँ प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण हुने

nepal news portal

काठमाडौंस्थित शीतल निवासबाट जारी विज्ञप्ति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र साह (बालेन) लाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ।

संसदको ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा १ बमोजिम उहाँलाई यस गरिमामय पदको जिम्मेवारी सुम्पिएको हो।

नवनियुक्त प्रधानमन्त्री साहले आज मध्यान्ह १२:३४ बजे राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ।