यसपटकको आईपीएलमा पञ्जाब किङ्सले धमाकेदार सुरुवात गरेको छ।
हिजो भएको खेलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ३ विकेटले पाखा लगाउँदै पञ्जाबले महत्त्वपूर्ण दुई अंक जोडेको हो।
गुजरातले दिएको १६३ रनको चुनौतीपूर्ण लक्ष्यलाई पञ्जाबले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर हासिल गर्यो।
यो जितको हिरो कूपर कोनोली बने, जसले आफ्नो पहिलो खेलमै ७२ रनको विस्फोटक अविजित इनिङ खेलेर सबैलाई प्रभावित पारे।
अहिलेसम्म उपाधि जित्न नसकेको पञ्जाबका लागि यो सुखद सुरुवात हो भने पूर्व विजेता गुजरातका लागि भने यो सुरुवात सोचेजस्तो हुन सकेन।
क्रिकेट प्रेमीहरूका लागि अर्को रोमाञ्चक भिडन्त आज साँझ पौने ८ बजे लखनउमा हुँदैछ, जहाँ लखनउ र दिल्ली आमनेसामने हुनेछन्।