नेपालभाषा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, प्रसिद्ध भाषासेवी तथा शिक्षाविद् विष्णु चित्रकार मुस्ताङ भ्रमणका क्रममा अचानक अस्वस्थ हुनुभएको छ।
साथीहरूसँग मुस्ताङ भ्रमणमा रहनुभएका चित्रकारलाई आज सोमबार बिहान बसिरहेको होटलमै आकस्मिक रूपमा हृदयाघात (हर्टअट्याक) भएको हो।
उहाँसँगै श्रीमती विद्या चित्रकार पनि मुस्ताङ भ्रमणमै हुनुहुन्छ।
हृदयाघात भएपश्चात् उहाँलाई तत्कालै प्राथमिक उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ ल्याउने कार्य भइरहेको बुझिएको छ।
उहाँको स्वास्थ्य लाभको कामना गरिएको छ।