इरानमा उद्धार अभियानका क्रममा अमेरिकाले आफ्नै विमान नष्ट

nepal news portal

हालै इरानमा भएको एक जोखिमपूर्ण सैन्य उद्धार अभियानका क्रममा संयुक्त राज्य अमेरिकाले आफ्नै केही विमान नष्ट गरेको पुष्टि भएको छ।

एक F-15E लडाकु विमान खसेपछि त्यसका चालक दललाई उद्धार गर्न अमेरिकी सेनाले ठूलो अभियान सञ्चालन गरेको थियो। सो क्रममा केही विमान प्राविधिक समस्या कारण उड्न नसक्ने अवस्थामा पुगे।

दुश्मनको हातमा अत्याधुनिक सैन्य प्रविधि नपरोस् भन्ने उद्देश्यले ती विमानहरूलाई त्यहीँ नष्ट गरिएको बताइएको छ।

अमेरिकी स्रोतहरूका अनुसार यो कदम सुरक्षा रणनीति अन्तर्गत चालिएको हो। तर इरानले भने ती विमानहरू आफूले खसालेको दाबी गरेको छ, जसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।