काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न प्रशासनिक, कूटनीतिक तथा श्रमसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गर्ने निर्णय गरेको छ। साथै, संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
बैठकका मुख्य निर्णयहरू:
विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गर्ने निर्णय
वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संसद्मा पेश गर्ने निर्णय
अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ नम्बर ८१ अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्ने निर्णय
सरकारले गरेका यी निर्णयलाई श्रम अधिकार, संसदीय प्रक्रिया तथा कूटनीतिक संरचना सुधारसँग जोडेर हेरिएको छ।